“जुडो आधारभूत तालिम” ८५ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ ५ शुक्रवार १७:४५
shares

काठमाडौ । “जुडो आधारभूत तालिम” ८५ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८०।०३।०३ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको “जुडो आधारभूत तालिम” ८५ औं समूहको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमूख आतिथ्यतामा आज मिति दीक्षान्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रमूख अतिथिले दिक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानबाट प्रमाणपत्र, “Black Belt”(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम,द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई “Memento” समेत वितरण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा जुडो तालिमले सिकाएका कला-कौशललाई प्रहरी काम कारबाहीको सिलसिलामा उपयुक्त तवरबाट प्रयोग गरी उत्कृष्ट नतिजा ल्याउने कुरामा विशेष जोड दिनुभएको थियो ।
उक्त समारोहका बीच दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई कार्यकारी निर्देशकले जुडो तालिममा हासिल गरेका विभिन्न ज्ञान, कला र सिपको सदुपयोग गर्दै निरन्तर रूपमा कार्यान्वयन गरी आफ्नो व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य लगायतका क्षेत्रमा नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो।
साथै,कार्यकारी निर्देशकले नेपाल प्रहरीको इतिहासमा छुट्टै स्थान बनाउन सफल यस उन्नत किसिमको साहसिक प्रकृतिको महत्वपूर्ण जुडो तालिम हासिल गर्न पाउनु नै एक उपलब्धी रहेको भन्दै दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई कार्यक्षेत्रमा समेत कार्य सम्पादन गर्दा प्रहरी आचरण र अनुशासनको पालना गर्दै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन प्रदान गर्नुभएको थियो।
सो कार्यक्रममा “जुडो आधारभुत तालिम” ८५ औँ समूहका तालिम संयोजक प्रहरी निरीक्षक सुरेश सिंहले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उक्त समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिती रहेको थियो ।




























