प्रहरी वरिष्ठ हवल्दारहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.99K
shares

काठमाडौ । प्रहरी वरिष्ठ हवल्दारहरूको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.न. ३८४९, मिति २०८०/१०/०४ गतेको पत्रले यस प्रतिष्ठान तथा मातहतमा कार्यरत प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नती हुनु भएका ५ जना प्रहरी कर्मचारीहरूलाई आज मिति २०८०/१०/०५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमूख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सु-सम्पन्न भएकाे हाे ।

पदोन्नती हुनु भएका प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूले दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुका साथै शुभ-कामना एवं बधाई ज्ञापन गर्दै थपिएको नयाँ जिम्मेवारी र पदिय जवाफदेहीताका लागी अनुशासित, ईमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सु-संस्कृत हुदै राज्य, संगठन र जनताप्रति अनुग्रहित भएर कार्यसम्पादन गर्न हुन समेत निर्देशन दिनु भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक,नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083