उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८० सम्पन्न
वि.सं.२०८० माघ ८ सोमवार १३:३३
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८० सम्पन्न भएको छ।
उक्त अवसरमा प्रहरी आईजीपी बसन्त कुँवरले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लषण गरी सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए। विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह समेत गरे।
शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी सवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै आईजीपी कुँवरले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।






























