कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा जिल्ला प्रहरी कार्यालय कालिकोटको अनुगमन, निरीक्षण एवम् निर्देशन सम्पन्न
वि.सं.२०८० माघ ८ सोमवार १८:२६
shares

काठमाडौ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यद्वारा जिल्ला प्रहरी कार्यालय कालिकोटको अनुगमन, निरीक्षण एवम् निर्देशन गर्नु भएकाे छ ।
कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय कालिकोटको समग्र वस्तुस्थिति, शाखा, उपशाखा, शान्ति सुरक्षाको अवस्था, स्रोत साधनहरूको व्यवस्थापन, नागरिक सेवा प्रवाह लगायत नवपर्वद्धनात्मक कार्यहरूको सम्बन्धमा अनुगमन तथा निरीक्षण सम्पन्न गर्नु भएको हाे।
निरीक्षण पश्चात सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा स्थापना, प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, फरार प्रतिवादी पक्राउ, पेण्डिङ् मुद्दाको फर्स्यौटमा विशेष तिव्रता, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन लगायत नागरिकमैत्री सेवा प्रवाहको सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको छ ।
त्यसैगरी प्रहरी कर्मचारी आफै समस्याको कारक नबन्ने, अनुशासित, ईमान्दार भई दिएको जिम्मेवारी उच्च मनोबलताका साथ पुरा गर्न, चिसो मौसममा आफ्नो सुरक्षालाई विशेष ख्याल गरी काम गर्न समेत निर्देशन प्रदान गर्नु भयो ।






























