CYBER CRIME सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

3.77K
shares

काठमाडौ । प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा CYBER CRIME सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नयाँबानेश्वर,सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० को संयुक्त आयोजनामा साथै बिद्यालय सम्पर्क समिति काब्य स्कुलको सहकार्यमा बिद्यालयका कक्षा ११ र १२ का शिक्षक बिद्यार्थीहरुलाई CYBER CRIME प्रशिक्षण कार्यक्रम भएकाे हाे ।

उक्त कार्यक्रममा बिद्यालयका बिद्यालय प्रिन्सिपल नवराज बास्कोटाकाे सभापतित्व रहेकाे थियाे ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रहरी.नायब उपरीक्षक शिवराज बुढाथोकीले साईवर अपराध भनेको के हो ,साईवर अपराध बाट हुन सक्ने अपराध तथा घट्नाहरु के के हुन र साइवर अपराध बाट बच्ने उपाय र कानुनी ब्यवस्था बारे प्रशिक्षणको क्रममा प्रष्ठ पार्नु भएको थियो ।

त्यसै गरी प्रशिक्षणको क्रममा लागुऔषध लगायत अन्य समग्र शान्ति सुरक्षाको बारेमा समेत मन्तब्य राख्नु हुँदै समुदायमा कुनै पनि किसिमका घट्ना,दुर्घट्ना वा अपराधहरु भएको थाहा पाएमा वा देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्नु अथावा १०० मा फोनगरी प्रहरीलाई सुचना दिने कुरा राख्नु भएको थियो ।

कार्यक्रमका सभापती तथा बिद्यालयका प्रिन्सिपल नवराज बास्कोटाले नेपाल प्रहरीबाट संचालन हुने गरेका जनचेतनामुलक कार्यक्रमहरुले बिद्यार्थी,अभिभावक मात्रै नभई समुदाय स्तरमा नै जनचेतना अभिबृद्धी भई अपराध रोकथाम हुने भएको हुँदा नेपाल प्रहरीको प्रशंसा गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083