डिआईजी कुबेर कडायतद्वारा ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन

6.14K
shares

काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतद्वारा ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन गर्नु भएकाे छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबारबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नु भएकाे हाे । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा डिआईजी कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टीकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायब निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै जिल्लाभरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गर्नु भएकाे थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083