“शारीरिक व्यायाम तथा प्रशिक्षक प्रशिक्षण (प्र.ज./जु.प्र.अ.) तालिम” आठौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ १२ शुक्रवार २०:१२
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “शारीरिक व्यायाम तथा प्रशिक्षक प्रशिक्षण (प्र.ज./जु.प्र.अ.) तालिम” आठौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएकाे छ ।
आ.व. २०७९/०८० को तालिम क्यालेण्डर अनुसार २०८०/०८/०४ गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ५४ कार्य दिन अवधिको “शारीरिक व्यायाम तथा प्रशिक्षक प्रशिक्षण (प्र.ज./जु.प्र.अ.) तालिम” आठौं समूहको आज २०८०/१०/१२ प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना दिदैँ निर्देशन सम्बोधन सहित समापन कार्यक्रम सम्पन्न भएकाे हाे। उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकीले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।































