संचारकर्मीहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले कर्णाली प्रदेशमा क्रियाशील संचारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटा, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेल सहित २८ जना संचारकर्मीहररु साथै कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले कर्णाली प्रदेशको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्था, सुरक्षा चुनौतीहरु, लागू औषध दुर्व्यसन, ओसारपसार तथा बिक्रिवितरणको प्रभावकारी नियन्त्रण, सवारी दुर्घटना लगायतका विविध विषयमा सुधार गर्नुपर्ने विषयवस्तुहरु, प्रहरी सेवा प्रवाहमा देखिएका कमीकमजोरी तथा सुधार गर्नुपर्ने विषयहरु आफ्नो प्राथमिकतामा रहेको र सोही अनुसार अगाडि बढ्ने बताउनु भयो ।
साथै प्रहरी र संचारकर्मीबीचको समन्वयात्मक भूमिका मार्फत प्रहरी क्रियाकलाप तथा कारबाही प्रभावकारी गराउने लगायतका विषयमा छलफल गर्नु भएकाे थियाे ।
२२ माघ २०८०, सोमवार १८:०३ बजे प्रकाशित