नेपाल पुर्व प्रहरी संगठनद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

धनगढी ।  नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष पुर्व प्रहरी बरिष्ठ उपरीक्षक उत्तम बहादुर सिंह लगायत कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतले एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.लाई स्वागत एवं अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएकाे छ ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्युले पूर्व प्रहरी कर्मचारीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय नेपाल प्रहरी मार्फत राष्ट्रका लागि खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको सुखद भविष्यको कामना गर्नुभयो ।

यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा,अपराध रोकथाम,गुण्डागर्दी,तस्करी लगायत समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पूर्व प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका कार्यालय प्रमुख, नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

२६ माघ २०८०, शुक्रवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु