बलम्बु प्रकरण : डीएसपी गंगा पौडेलकाे नेतृत्वमा छानबिन समिति

4.13K
shares

काठमाडौं । प्रहरी प्रभाग बलम्बुका इन्सपेक्टर सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन गरिएको छ।

आइतबार कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानबिन थालिएको हो।

परिसरका अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानबिन थालेको हो। समितिमा अन्य दुईजना सदस्य छन्।

ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको थियो। भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो।


divya collage
unigloble collage