राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आयोजनाको (JPMC) बैठक सम्पन्न

4.62K
shares

काठमाडौ । गृह-मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आयोजनाको (JPMC) बैठक सम्पन्न भएकाे छ

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान परियोजनाका सम्बन्धमा २०८० फाल्गुन ८ गते (20th February, 2024) नेपाल सरकार तालुक गृह-मन्त्रालयका सचिव श्री दिनेश भट्टराईको अध्यक्षतामा, भारत सरकारको तर्फबाट प्रतिनिधी मण्डल प्रमुख तथा भारत सरकार परराष्ट्र मन्त्रालयका Joint Secretary रोहित रतिस सहित अन्य JPMC सदस्यहरुको भर्चुअल उपस्थितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने JPMC सदस्यहरू गृह मन्त्रालयको सभाहलमा उपस्थित भई तेस्रो JPMC (Joint Project Monitoring Committee) बैठक (video conference mode) भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा आयोजना संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, नेपाल सरकार गृह मन्त्रालयका सह-सचिव थानेश्वर गौतम, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू,भारतीय दुतावास,काठमांडौका Counsellor करून बन्सल , First Secretary नेहा पाण्डे लगायत भारत सरकार तथा भारतीय दुतावास, काठमांडौका अन्य पदाधिकारीहरू, आयोजना परामर्शदाता CPWD (Central Public Works Department) का इन्जिनियरहरूको समेत सहभागिता रहेको थियो।

आयोजनाको परामर्शदाता भारत सरकारका निकाय, CPWD (Central Public Works Department) बाट निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रगति विवरण सम्बन्धी प्रस्तुतिकरण भएको थियो ।

उक्त बैठकमा, रा.प्र.प्र.प्र. आयोजनाको कार्यान्वयनको सिलसिलामा सम्पादन भएका कार्य तथा समस्याहरुलाई बैठकका एजेन्डाका रूपमा छलफल गर्दै तोकिएको समयमा आयोजना सम्पन्न गर्ने सम्बन्धमा छलफल तथा निर्णय भएको थियाे ।