बाँकेको नेपालगंजमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० आज देखि शुरू
वि.सं.२०८० फागुन १० बिहीवार १८:३२
4.02K
shares
shares

नेपालगन्ज । उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा बाँके, नेपालगंजमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० आजदेखि शुरू भएको छ।

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै लुम्बिनी प्रदेशका सुरक्षा निकाय प्रमुखहरुको समुपस्थिति रहेको छ ।


















