“स्वागत तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न
वि.सं.२०८० फागुन १२ शनिवार १६:४०
4.38K
shares
shares

ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएकाे छ ।
ललितपुर महानगरपालिका वडा नं.२ स्थित रहेको हेरिटेज गार्डेनको हलमा प्रहरी प्रभाग सानेपा,सामुदायिक सेवा केन्द्र सानेपा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुरका प्रहरी प्रमुख शेखर खनाललाई स्वागत तथा उक्त कार्यालयको वडा एरिया अन्तर्गत रहेका विभिन्न संघ संस्थाहरू तथा स्थानीय बुद्धिजिवीहरूसंग शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएकाे थियाे ।

















