राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा “Panel Discussion” कार्यक्रम सम्पन्न

5.19K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८० फागुन ०२ गते देखि सञ्चालित Operational Command and Management (OCM) Level – III Training 14th batch अन्तर्गत आज ‘Leadership and Management Issues’ विषयमा ‘Panel Discussion’ कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा पूर्व-सचिव जय मुकुन्द खनाल, पूर्व प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी र नेपाली सेनाका अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल Panelists रहनु भएको थियो ।

उक्त कार्यक्रमको प्रारम्भमा Panelist हरुले leadership and Management Issues मा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

त्यसपश्चात प्रहरी नेतृत्व तथा व्यवस्थापन सम्बन्धी प्रश्नहरुमा प्रशिक्षार्थीहरुबाट Polling र सोही सम्बन्धमा चार वटा Leadership Themes – (क) नेपाल प्रहरी नेतृत्वमा नैतिकता (ख) नेतृत्व निर्माणका भावी रणनीतिहरु (ग) कानून कार्यान्वयन र सामुदायिक सम्बन्धको सन्तुलन (घ) प्रशिक्षण र विकासमा नवीनता विषयमा केन्द्रित रहेर सामुहिक छलफल (Group Discussion) गरी प्रस्तुतिकरण गराईएको थियो ।

अन्त्यमा Panalists बाट प्रशिक्षार्थीहरुको प्रस्तुतिका सम्बन्धमा टिप्पणी एवम् व्यवसायिक तथा समसामयिक विषय वस्तुहरुमा प्रशिक्षार्थीहरुबाट उठेका थप प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन सहित अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशकले पूर्व सचिव, पूर्व प्रहरी महानिरीक्षक र पूर्व उपरथीहरुको रा.प्र.प्र.प्र. मा गरीमामय उपस्थितिको लागि उहाँहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083