बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराद्वारा मातहातका सबै प्रहरी युनिट ईन्चार्जहरुलाई ब्रिफिङ

4.2K
shares

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराकाे प्रमुख आतिथ्यतामा मातहातका सबै प्रहरी युनिट ईन्चार्जहरुलाई ब्रिफिङ कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला स्थित मातहतका बिभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुबाट आफ्नो AOR भित्रको जिम्मेवारी, काम कारबाहि, बस्तुस्थिति र शान्ति सुरक्षाकोबारेमा प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराले जानाकारी लिनु भएकाे थियाे । साथै बदलिदो परिस्थितिमा देश र जनताको पक्षमा कसरी अझ बढि काम गर्न सकिन्छ भन्ने कुरामा मातहात प्रहरीहरुलाई निर्देशन दिनु भयाे ।

प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँबर तथा उप-प्रधानमन्त्री तथा गृह-मन्त्री रवि लामिछानेबाट भएका निति निर्देशनहरुको बारेमा कार्यलयका प्रमुखबाट उपस्थित सबै प्रहरी कर्मचारीहरुलाई जानाकारी गराउदै साथै उक्त कुराहरुलाई अक्षरस पालना गरि कार्यन्वयनको चरणमा प्रहरी काम कारबाहि त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न निर्दैशन समेत दिनु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083