“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) तालिम” १४ औं समूहको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) तालिम” १४ औं समूहको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८०/१०/०२ गते देखि प्रतिष्ठानमा सञ्चालित “अप्रेशनल कमाण्ड र व्यवस्थापन “(OCM Level-III) (प्र.उ./प्र.ना.उ.) तालिम” १४ औं समूहका प्रशिक्षार्थीहरुसँग प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले आज अन्तरक्रिया गर्नु भएकाे हाे ।

अन्तरक्रियाको क्रममा प्रशिक्षार्थीहरूका तर्फबाट उठेका जिज्ञासाहरूलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकले संगठनको हितको निम्ति निस्वार्थ भावले तोकिएको पदिय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गरी संगठनको वृद्धीमा सबैको सहभागिता रहनुपर्ने कुरा उल्लेख गर्नु भयो ।

सोही क्रममा देश, जनता र आम जनताको मर्म र भावना बमोजिम सबैलाई काम गर्न निर्देशन दिनुका साथै समग्र सांगठनिक शुद्दीकरणलाई प्राथमिकता राखि प्रशिक्षणका क्रममा प्राप्त ज्ञान, सिप र कौशलले कार्यशैलीमा सकारात्मक उर्जा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083