प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.द्वारा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको स्थलगत निरीक्षण गर्नु भएकाे छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत समेतमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भयो ।
निर्देशन सम्बोधनको क्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको दबाव र प्रभावमा नपर्ने,बस्तुनिष्ठ र प्रबिधीमुखी अनुसन्धान कार्यमा जोड दिनु पर्ने बताए । गुण्डागर्दी,जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिनु भएकाे थियाे ।
निर्देशनकै क्रममा उहाँले गैर-ब्यवसायिक आर्थिक लाभको लागि कसैसंग साँठगाँठ र मिलोपतो नगर्ने, कुनै प्रहरी कर्मचारीहरुले गरेको पाईएमा कानूनी दायरामा ल्याउनु पर्ने बताए । ब्यक्तिगत पिरमार्का गुनासाहरु नेपाल प्रहरी संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप अघि बढाउदै समन्वयात्मक, सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ त्रुटी रहित ढंगबाट कार्य गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी लगायत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अन्तरगतमा कार्यरत करिब ३०० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
२९ फागुन २०८०, मंगलवार १९:०२ बजे प्रकाशित