“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) तालिम” १४ औं समूहको समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २९ मंगलवार २०:३६
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) तालिम” १४ औं समूहको समापन कार्यक्रम सम्पन्न भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८०/१०/०२ गते देखि संचालन भएको १९ कार्यदिन अवधिको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-III) तालिम” १४ औं समूहको तालिम आज समापन भएकाे हाे ।

प्रमुख अथितिले दिक्षीत भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा तालिमको दौरानमा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरूको कमाण्ड व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट संगठनको आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्नको निमित्त मद्धत पुग्न सक्ने साथै यहा सिकेका सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले प्रशिक्षार्थीहरूको कमाण्ड व्यवस्थापनलाई थप मजबुत बनाउने जसबाट जनताले रुचाएको अनुशासित, व्यावसायिक र दक्ष प्रहरी बनी सेवा गर्नु पर्ने समेत जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशी, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप-निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।





























