“Strategic Command and Management (SCM)” (DIGP/SSP) तालिम चौथो समूहका प्रशिक्षार्थीहरुको Panel Discussion कार्यक्रम सम्पन्न

4.07K
shares

काठमाडौ । गृह सचिव एक नारायण अर्यालकाे प्रमुख आतिथ्यतामा “Strategic Command and Management (SCM)” (DIGP/SSP) तालिम चौथो समूहका प्रशिक्षार्थीहरुको Panel Discussion कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८०/११/०६ गते देखि सञ्चालित “Strategic Command and Management (SCM)” (DIGP/SSP) तालिम चौथो समूहका प्रशिक्षार्थीहरुको आज शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र सामना गर्नको लागि अपनाउनु पर्ने आवश्यक रणनीतिहरुको बिषयमा Panel Discussion कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठ, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी तथा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि गृह सचिव एक नारायण अर्याल लगायतका उपस्थित अतिथिहरुले नेपालको शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र सामना गर्नको लागि अपनाउनु पर्ने आवश्यक रणनीतिहरुको बिषयमा आ-आफ्नो महत्वपुर्ण धारणाहरु व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको रुपमा सहभागी प्र.ना.म.नि. र प्र.ब.उ.हरु बाट उठेका जिज्ञासाहरुको सम्बन्धमा उपस्थित अतिथिहरुले आ-आफ्नो तर्फबाट सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले Panel Discussion कार्यक्रममा अत्यन्तै प्रभावकारी बिषय वस्तुहरुको उठान भएको र यसले नेपालको शान्ति सुरक्षाको सम्बन्धमा थप सुदृढीकरण भई नेपाल प्रहरी संगठन लगायत अन्य सुरक्षा निकायहरुमा समेत थप व्यवसायिकताको विकास हुने कुरा व्यक्त गर्दै अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083