माओवादी केन्द्रको मकवानपुर इन्चार्जमा बिजय गौतम
वि.सं.२०८० चैत ९ शुक्रवार १०:२१
shares

हेटौँडा । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका १३ जिल्ला, दुईवटा महानगर र एउटा उपमहानगरपालिकाको इन्चार्ज तोकेको छ । बिहिबार आन्तरिक सर्कुलर जारी गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले मकवानपुर जिल्ला इन्चार्जमा विजय गौतमलाई जिम्मेवारी दिएको छ भने हेटौँडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी प्रल्हाद लामिछानेलाई दिइएको छ ।
माओवादी केन्द्रले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजार, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरपालिकामा मुक्तिनारायण प्रधान र ललितपुर महानगरमा राजकाजी महर्जनलाई इन्चार्ज तोकेको छ ।






























