फागु पूर्णिमा २०८० (होली) को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १२ सोमवार २१:४२
3.12K
shares
shares

सिरहा । होली तथा फागु पूर्णिमाको अवसरमा जिल्ला प्रहरी कार्यलय सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।
फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय सिरहामा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
होलिको उपलक्षमा कार्यलय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यद्वारा सम्पुर्ण प्रहरी कर्मचारीहरुमा होलीको शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई टिका लगाई दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।































