बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

8.16K
shares

बिराटनगर। काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय दैलेख सरुवा भएका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललाई एक कार्यक्रमको आयोजना गरी बिदाई तथा भेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको  हाे।

बिदाई कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङले सरुवा भएर जान लाग्नु भएका दाहाललाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहदा दिएको जिम्मेवरी कुशलतापुर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै नयाँ कार्यक्षेत्रको लागि बधाई तथा शुभकामना दिनु हुदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083