पदाेन्नति भएकाहरुलाई डिआईजी मैनालीद्वारा दर्ज्यानी चिन्हद्वारा सु-शोभन

Nepal Life Insurance Long Ad

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका निर्देशन प्रहरी नायब महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षालयमा कार्यरत/तालिमरत प्राविधिक प्रहरी हवल्दारबाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएकाहरुलाई डिआईजी मैनालीले नेपाल प्रहरी शिक्षालय भरतपुर कार्यलयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै डिआईजी मैनालीले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा कार्यलयमा कार्यरत उप निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

२० चैत २०८०, मंगलवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु