डीआईजी खापुङद्वारा प्रहरी चौकी सोरुङछविसे भवनकाे समुद्‍घाटन (तस्बिरमा हेर्नुस् )

9.3K
shares

उदपपुर ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा प्रहरी चौकी सोरुङछविसे भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथी खापुङद्वारा प्रहरी चौकी सोरुङछविसे, उदयपुरको कार्यालय तथा प्रहरी व्यारेक भवनको समुद्‍घाटन गर्दै भवनको निरीक्षण समेत गर्नु भई  कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा  कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा कटारी न.पा.का उप-प्रमुख तथा बिभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, शैक्षिक संस्थाका प्रमुख तथा शिक्षकहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, सर्वसाधरण मानिसहरुको उपस्थिति रहेको थियाे ।

(तस्बिरमा हेर्नुस् )

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083