“Roadside Roll Call” नामक नव प्रवर्तनीय कार्यक्रम – २०८१ को समुद्घाटन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ ।  “Roadside Roll Call” नामक नव प्रवर्तनीय कार्यक्रम – २०८१ को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

नागरिकको जिउधन सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा बस्तुनिष्ठ अनुसन्धान गर्दै समाजमा शान्ति सु-व्यवस्था कायम राख्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले आम नागरिकहरुबाट टाढा भई सेवा प्रवाह (Rule at Distance) गर्नु भन्दा नागरिक मैत्री प्रहरी सेवा प्रवाह (Citizen Approached Policing) गर्ने हेतुल २०८१।०१।०७ गते  “Roadside Roll Call” नामक नव प्रवर्तनीय कार्यक्रम – २०८१ यस कार्यालयका प्रमुख प्र.व.उ भूपेन्द्र बहादुर खत्रीबाट समुद्घाटन गरिएको हाे ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्र.उ. प्रकाश मल्लद्बारा नागरिक मैत्री प्रहरी सेवा प्रवाह (Citizen Approached Policing) सम्बन्धि प्रकाश पार्नु हुँदै आफूले सिकेका, भोगेका अनुभवहरु उपस्थित प्रहरी कर्मचारीहरुलाई प्रदान गर्नु भएको हाे ।

साथै कार्यक्रममा प्र.व.उ भूपेन्द्र बहादुर खत्रीद्वारा “Roadside Roll Call” बारे प्रस्ट्याउनु हुँदै राज्यको सेवा सुविधामा पूर्ण रुपमा समाहित हुन नसकेका, न्यायमा सहज पहुँच नभएका, सामाजिक वन्चितीकरणमा परेका, सिमान्कृत समुदायका नागरिकहरु बसोबास गर्ने परिवारहरुको बारेमा समते तथ्याङ्क र अभिलेखिकरण गर्न समेत मातहत कार्यालयहरुलाई निर्देशन दिनु भएको थियाे ।

 

७ वैशाख २०८१, शुक्रवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु