स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न (तस्बिरमा हेर्नुस् )

Nepal Life Insurance Long Ad

विराटनगर । स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र,विराटनगरको समादेशकको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई  केन्द्रमा स्वागत गरिनुका साथै नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्साल, काठमाण्डौं सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीलाई आजै कार्यभार सम्हाल्नु भएका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले कृतज्ञाता सहित बिदाइ गर्नु भयो ।

कार्यक्रममा यस कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्साल, काठमाण्डौं सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले यस केन्द्रमा रहँदा बस्दाको आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो ।

मन्तव्यको क्रममा नव आगन्तुक प्र.व.उ.अबि नारायण काफ्लेले पूर्व समादेशकलाई उहाँले तालिम केन्द्रको भौतिक पूर्वाधार विकास तथा तालिम वातावरण निर्माणमा पूर्‍याउनु भएको योगदानको प्रशंसा सहित आभार प्रकट गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

२१ वैशाख २०८१, शुक्रवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु