विश्वकपमा सहभागी हुने खेलाडीलाई नेपाल प्रहरीको बिदाइ

Nepal Life Insurance Long Ad

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ ।

विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीका खेलाडीलाई शुभकामना तथा बिदाइ गरिएको हो ।

उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो । शुभकामना तथा विदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु,प्रहरी नायब महानिरीक्षक प्रहरी बरिष्ठ उपरीक्षक लगाएको उपस्थिति रहेको थियाे ।

२१ वैशाख २०८१, शुक्रवार १९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु