सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखद्धारा जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन
वि.सं.२०८१ जेठ १४ सोमवार १८:४५
3.02K
shares
shares

काठमाडौ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत रहेका डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको हो ।

उहाँले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिदै, बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन, प्रतिबन्धित बन्यजन्तु, जडीवुटी, आखेटोपहार, अवैध काठ तस्करी नियन्त्रणमा जोड दिन, फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाहरुको अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, स्थानिय तह सँग समन्वय गरी CCTV, Fire Extinguisher लगायतको व्यवस्थापनमा सहकार्य गर्न, अबैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधि बिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिनु भएको थियो।































