क्रान्तिकारी शक्तिहरु एक ढिक्का भएर अगाडी बढ्नुको बिकल्प छैन : नेता गौतम

10.44K
shares
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी गाउँकमिटी अध्यक्ष हस्त बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौत्तम,माओवादी केन्द्र जिल्ला समन्वय कमिटिका संयोजक भिम पाख्रीन,सचिव वीर बहादुर घलान ज्वाला,राक्सिराङ्ग गाउँपालिका ईन्चार्ज शुभरत्न गोले,बनस्तम थिङ्ग लगायतको अतिथ्यतामा रहेको थियो ।

प्रमुख अतिथी गौत्तमले मुलुकमा गणतन्त्र स्थापना भैसकेपछी परिवर्तनको सिँढिहरु निर्माण गरेको र यस्तै परिवर्तनकारी सिँढीको शृङ्खला निर्माण गरि समाजवादको आधार तयार गरिरहेको बताउनु भयो । यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको हुनाले यो यात्रामा सहभागी हुन ढोका खुल्ला रहेकोले सबैलाई यात्रामा आवद्ध हुन आह्वान गर्नुभयो । चुनाबको बेलामा पुर्व पस्चिम दौडधुप गरेर दाउपेचको आधारमा चुनाब जितेर जानेहरु नै यो क्षेत्रमा बिकासको बाधक बनेको औंल्याउदै गरिवको आत्माधिकार खोसेर मुकाम केन्द्रित राजनीति गर्नेहरु प्रती सचेत रहन अनुरोध गर्नुभयो ।

संघीयता र गणतन्त्रको बिरोधि भाष्य निर्माण गर्न प्रतिगामी तत्वहरु न्वारन देखिको बल लगाईरहेको सन्दर्भमा देशभक्त क्रान्तिकारी शक्तिहरु सुसाशन,सामाजिक न्याय र समृद्धिको एकसुत्रीय एजेन्डामा कुशलता पुर्वक अगाडी बढ्नु पर्ने गौतमले बताउनु भएकाे थियाे ।


divya collage
unigloble collage