लागू औषध नियन्त्रण सम्बन्धी सचेतना तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त रजौरेको प्रमुख आतिथ्यतामा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सामुदायिक सेवा तथा समाज विकाश एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, जडिबुटी टोल सुधार समाज, प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी र ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
जडिबुटी टोल सुधार समाजका अध्यक्ष मनिता पौडेल राय माझीकाे सभापतित्व रहेको कार्यक्रममा ,लागु औषध नियन्त्रण व्युरो कोटेश्वरमा कार्यरत्त प्रहरी उपरिक्षक रामेश्वर कार्की, का.म.पा.-३२ वडाका वडा अध्यक्ष नवराज पराजुली, प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्र.ना.उ. शिवराज बुढाथोकी र यस सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको विशिष्ट उपस्थिती रहेको थियाे ।
प्रहरी प्रभाग कोटेश्वरका प्रमुख दल कुमार राई, प्रहरी प्रभाग काडाँघारी प्रमुख प्र.नि. श्याम कुमार कट्वाल, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. अच्युत राज गिरी र का.म.पा.३२ का वडा सदस्यहरु हरी बहादुर बस्नेतको विशेष उपस्थितिमा, का.म.पा.-३२ वडा भित्र रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूको आतिथ्यतामा, का.म.पा.-३२ का स्थानिय भद्र भलादमी, स्थानिय व्यक्ति र यस वडा भित्र रहेका विभिन्न विधालयका प्रधानाध्यापक तथा प्रतिनिधी शिक्षक र विधार्थीहरूको उपस्थितीमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।
१७ जेठ २०८१, बिहीवार २०:२९ बजे प्रकाशित