डिएसपी शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.64K
shares

काठमाडौ । प्रहरी बृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा सचेतनामूलक अन्तरक्रिया कार्यक्र सम्पन्न भएको छ ।

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” काठमाडाै महानगरपालिका ३१ नम्बर वडा कार्यालय, प्रहरी बृत्त नयाँ बानेश्वर, सामुदायिक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, आलोकनगर टोल सुधार समिति, आलोकनगर टोल समुदाय र नेपाल आमा सेवाको ‍संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हाे ।
कामपा.३१ बानेश्वर स्थित विश्व शान्ति बौद्ध शिक्षालयको प्राङ्गणमा होस्टेल ब्यबसायमा हुने सुरक्षा चुनौती, सामाजिक बिकृती, अपराधिक घटनाहरूको रोकथाम, सामाजिक उत्तरदायित्व लगाएत बिषयहरूमा केन्द्रित रही होस्टेल व्यबसायी, बिद्यार्थीहरु र स्थानियहरुसँग सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।

आलोकनगर टोल सुधार समितिका अध्यक्ष डि. आर. पोख्रेलकाे अध्यक्षतामा कामपा. ३१ वडाका वडा अध्यक्ष सरोज ढकालको बिशेष आतिथ्यतामा साथै वडा सदस्यहरु, सामुदायिक बिकास तथा सेवा समितिका पदाधिकारीहरू, आलोकनगर टोल समुदायका अध्यक्ष, नेपाल होस्टेल एसोशियसन र होस्टेल ब्यबसायि संघका पदाधिकारीहरूको आतिथ्यतामा उक्त एरियाका होस्टेल व्यबसायिहरू, बिद्यार्थीहरु र स्थानिय बासिन्दाहरुको बृहत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामुदायिक बिकास तथा सेवा समितिका उपाध्यक्ष लिलेन्द्र प्र. प्रधानले स्वागत मन्तव्य राख्नु भए पश्चात सहभागीहरूको प्रश्न, गुनासो तथा सुझावहरूलाई सम्बन्धित सरोकारवाला अतिथिहरूले जवाफ सहित आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।

मन्तब्यका क्रममा प्र.ना.उ. शिवराज बुढाथोकीले बिद्यार्थीहरूलाई अपराधिक क्रियाकलापमा लाग्न नदिन होस्टेल व्यबसायी, अविभाबक तथा स्थानियहरूलाई सचेत रहन र बिद्यार्थीको भबिष्य प्रती सम्बेदनशील रहन आग्रह गर्नुहुदै आफ्नो टोल छिमेकमा जस्तोसुकै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । जस्तोसुकै समस्या परी खवरगरेको खण्डमा संभव भएसम्म आफू स्वयम् उपस्थित हुने समेत उहाँले बताउनु भएको थियो ।