प्रतिनिधिसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

3.06K
shares

काठमाडौं।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारगारमा हाल पाँच सय कैदी राखिएको बताए। उनले आगामी आर्थिक वर्षको  बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थान नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए।

सांसद तारा लामा तामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, “जिल्ला उखु अनुदान भुक्तानी समितिले २०८० भदौदेखि उखुको अनुदान रकम माग गर्दै आएकामा हालसम्म केन्द्रबाट भुक्तानी नभएकाले यथाशीघ्र उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन यस सदनबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

अर्का सांसद तेजुलाल चौधरीले गए राति सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ४ सुरुंगा नगरपालिका-३ स्थित मौलिया भन्ने गाउँमा निश्चल चौधरीको घरमा लुटपाट भएको तथा त्यहाँ २० लाख बराबरको धनमाल लुटिएको जानकारी दिँदै आपराधिक गतिविधि नियन्त्रणका निम्ति सरकारको ध्यानाकर्षण गराए।

सांसद चौधरीले भने, “तराई मधेसमा ४० देखि ४५ डिग्रीसम्म तामक्रम बढिरहेको छ, अर्कोतर्फ नेपालको विद्युत् प्राधिकरण व्यापक रुपमा विद्युत् कटौती गरिरहेको छ, त्यसो गर्दा स्थानीयको जीवन कष्टकर बन्दै गएको छ, सरकारसँग विद्युत् कटौती नगर्न अनुरोध गर्दछु।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083