“विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” प्रथम समूहको तालिम सम्पन्न
वि.सं.२०८१ जेठ ३० बुधवार १७:०६
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” प्रथम समूहको तालिम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” प्रथम समूहको तालिम आज समापन भएको हो ।

कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी उपरीक्षक तिम्सिनाले बिपदको अवस्थामा नागरीकले प्रहरी प्रति ठुलो आशा र भरोसा गरेका हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न प्रहरीको मुख्य भुमिका रहेको बताउदै कोशी प्रदेशमा आउदै गरेको मनसुनले निम्त्याउन सक्ने जोखिमलाई न्युनिकरण गर्न यस तालिमको मुख्य उद्धेश्य रहेको बताउनु भयो ।

साथै उहाँले तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको थियो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
































