ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्धारा निरीक्षण तथा निर्देशन (तस्वीरमा हेर्नुहोस्)
वि.सं.२०८१ जेठ ३० बुधवार २०:१९
4.68K
shares
shares

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्धारा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत सातदोबाटो र प्रहरी प्रभाग बाडेगाँउको निरीक्षण गर्नु भएको छ ।
उहाँले कार्यालयको बिभिन्न शाखाहरुको तथा हिरासत कक्षको बर्तमान अवस्थाको बारेमा निरीक्षण गर्नुका साथै ललितपुर जिल्लाको वर्तमान शान्ती सुरक्षाको अवस्था बारे जानकारी लिनु भई प्रहरी अधिकृतहरुलाई प्रभावकारी शान्ती सुरक्षा तथा अपराध नियन्त्रण सम्वन्धमा आवश्यक निर्देशन दिनु भयो ।

उक्त निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कामकारवाही प्रभावकारी बनाउन समेत निर्देशन दिनु भएको थियो ।

























