वर्षौको प्रयासपछि अन्तत : नेपाल प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै

3.43K
shares

काठमाडौ । बर्षौको प्रयासपछि अन्तत : नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यस सम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ ।

समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदनमा असार भित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको हो ।

पिसिसी बैठकमा यससम्बन्धि प्रस्ताव पेस भइसकेको र केही दिनभित्रै अन्तिम प्रतिवेदन बुझाइने एआईजी जोशीले बताए । ‘प्रतिवेदनमा केही सामान्य काम बाँकी छन्, छिट्टै यसलाई कार्यान्वयनमा लैजाने हाम्रो उद्देश्य छ,’ एआईजी जोशीले भने ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले जेठभित्रै प्रतिवेदनको अन्तिम टुंगो लगाउन निर्देशन दिएकाले शुक्रबार नै प्रतिवेदन पेस भई असारदेखि कार्यान्वयनमा जाने सम्भावना छ ।

प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी सुदीप गिरी एमपिएस कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर तयारी भइरहेको बताउँछन् ।

‘एमपिएस नेपाल प्रहरीको ड्रिप प्रोजेक्ट हो,’ उनी भन्छन्, ‘पाठ्यक्रम समेत स्वीकृत भइसकेको छ, केही तयारी बाँकी छ, प्रहरी प्रधान कार्यालयबाट प्रतिवेदन आए लगत्तै यसको कार्यान्वयन अघि बढ्नेछ ।’

डिआइजी संकायको प्रमुखका रूपमा तोकेर कार्यान्वयनमा लैजाने र आगामी भदौदेखि नै प्रवेश परीक्षाको तयारी गर्ने प्रतिष्ठानको लक्ष्य छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083