डीआईजी खापुङद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण (तस्वीरमा हेर्नुहोस्)

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यलय भवन, कक्षा कोठाहरु लगायत बिद्यार्थी मेस तथा चमेनाको निरीक्षणका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको हो ।
निरीक्षण भ्रमण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गर्नु भयो ।
उहाँले अध्यनरत बिद्यार्थीहरुलाई शिक्षकहरुद्वारा सिकाईएका शिक्षा र ज्ञान अक्षरस हाँसिल गर्नको निम्ति उत्प्रेरणा समेत प्रदान गर्नु भयो । साथै उहाँले स्कुलको विविध पक्षको स्तरोन्नतिको लागि कोशी प्रहरी प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहने बताउनु भयो ।
निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्
३२ जेठ २०८१, शुक्रवार १७:४५ बजे प्रकाशित