डीआईजी खापुङद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण (तस्वीरमा हेर्नुहोस्)

4.39K
shares

बिराटनगर ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यलय भवन, कक्षा कोठाहरु लगायत बिद्यार्थी मेस तथा चमेनाको निरीक्षणका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको हो ।

निरीक्षण भ्रमण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गर्नु भयो ।

May be an image of 9 people

उहाँले अध्यनरत बिद्यार्थीहरुलाई शिक्षकहरुद्वारा सिकाईएका शिक्षा र ज्ञान अक्षरस हाँसिल गर्नको निम्ति उत्प्रेरणा समेत प्रदान गर्नु भयो । साथै उहाँले स्कुलको विविध पक्षको स्तरोन्नतिको लागि कोशी प्रहरी प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहने बताउनु भयो ।

निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 1 person and text

May be an image of 3 people

May be an image of 4 people and text

May be an image of 2 people and text

May be an image of 6 people and text

May be an image of 1 person

May be an image of 3 people

May be an image of 7 people and text

May be an image of one or more people and text

May be an image of 17 people, clarinet and text

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083