“प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औं समूहको समुद्‍घाटन

डीआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औं समूहको तालिम आज सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिले तालिमको समुद्‍घाटन सँगै निर्देशन सम्बोधन गर्ने क्रममा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको पूरा अबधिभर उच्च अनुशासन, मिहेनत र लगनशिलताका साथ प्रशिक्षण कार्यमा सहभागी हुन निर्देशन दिनु भयो ।

May be an image of 5 people, dais and text

प्रशिक्षणले प्रहरी सेवाको बारेमा जानकारी दिने र प्रहरीलाई जीवन शैलीको रूपमा बुझ्ने, अवस्था सृजना गर्ने भएकोले सकारात्मक सोचका साथ अनुशासित भई उच्च क्षमता प्रदर्शन गर्दै आफुलाई अब्बल स्थापित गर्न तालिम संवेदनशिल भई सक्रिय रूपमा सहभागी भई तालिम गर्न समेत निर्देशन दिनु भयो ।

त्यसै गरी प्रमुख अतिथिले नेपाल प्रहरीको सबै भन्दा ठूलो संख्यामा रहेको जनपद समूहसँग उचित समन्वय गरी सहकार्य गर्दै कार्यसम्पदन गर्न साथै आकस्मिक एवं संकटकालीन अवस्थामा र ग्ल् सेवामा विदेश गएको बखत आवश्यकता अनुसार नियमित प्रहरी कार्य गर्न सक्ने गरी प्रशिक्षण प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको थियो ।

May be an image of 6 people and text

उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।

प्रशिक्षणमा प्राविधिक प्रहरी निरीक्षक ३० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ४२ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

May be an image of 4 people and text

May be an image of 7 people and text

May be an image of 5 people, dais and text

May be an image of 16 people and table

May be an image of 9 people, dais and text

May be an image of 4 people and text

३२ जेठ २०८१, शुक्रवार २२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु