निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

4.42K
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल जावलाखेलको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौ महानगरपालिका १३ कालिमाटी स्थित रहेको प्रहरी वृत कालिमाटीमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको अध्यक्षतामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हाे।

उक्त स्वास्थ्य शिविरमा अल्का अस्पताल जावलाखेलका बरिष्ठ डा.अपुर्व श्रेष्ठ, लगायतका चिकित्सक टिमले जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त रजौरे, कामनपा १४ का वडा अध्यक्ष, सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष, प्रहरी वृत थानकोट ,स्वयम्भु , बालाजु , किर्तिपुरमा कार्यरत प्रहरी कर्मचारी र सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य परिक्षण एंव परामर्श गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083