बारा प्रहरीद्धारा २ सय ७० केजी लागूऔषधसहित एक जना पक्राउ

2.52K
shares

बारा । नेपाल प्रहरीले २ सय ७० केजी गाँजा सहित बारामा एक जनालाई मानिसलाई पक्राउ गरेको छ । बुधवार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २१ अम्लेखगंजमा एक जना भारतीयलाई पक्राउ गरेको हो ।

अमलेखगंज स्थित नारायणगढबाट पथलैया तर्फ आउदै गरेको भारतीय एन एल ०१ ऐन ३०६३ नम्बरको ट्रक शंकास्पद लागी रोकी चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाएर लैजादै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताएका छन् ।

पक्राउ पर्नेमा भारत बिहार थाना रामगढवा ग्राम धनारदिउली बस्ने अन्दाजी १९ को अन्तोस कुमार गिरीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खड्काले जानकारी गराएका छन् ।

पक्राउ परेको गिरी आफै ट्रक चलाई आउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । ट्रकमा लुकाएर लागु औषध गाँजाको १० किलोको दरले २७ प्याकेटमा २ सय ७० केजी रहेको प्रहरी उपरीक्षकले बताए ।

निजलाई लागु औषध मुद्दा दर्ता गरि जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिई थप अनुसन्धान गर्ने प्रहरी उपरीक्षक खड्काले बताए ।

यतिबेला जिल्ला प्रहरी कार्यलय बाराको प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का रहेका छन् । उपरीक्षक खड्काले बाराको कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएको छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083