रुबी भ्याली गाउँपालिकामा नेपाल आर्मीको समन्वयमा एनसीसी तालिम
वि.सं.२०८१ असार १४ शुक्रवार १५:१३
3.35K
shares
shares

सेर्तुङ । राष्ट्रिय सेवा दलद्वारा विद्यार्थीहरूका लागि सञ्चालित सि.सं.५० औं जुनियर डिभिजन एनसीसी तालिम सुरु गरेको छ ।
रुबी भ्याली गाउँपालिकाको च्याम्रा माध्यमिक विद्यालयमा आयोजित तालिमको उद्घाटन समारोहमा पालिका अध्यक्ष रामसिंह तामाङले विद्यार्थीहरूलाई सम्बोधन गरेका छन् । च्याम्रा माध्यमिक विद्यालयबाट ३६ जना क्याडेट विद्यार्थी एनसीसी तालिमका लागि छनौट भएका छन् ।

राष्ट्रिय सेवा दलका सदस्य समेत रहेका अध्यक्ष तामाङले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सिर्जनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको बताए । राष्ट्रिय सेवा दल विक्रम संवत् २०२२ मा स्थापना भएको हो भने यसको तालिम नेपाल सरकारको कार्यक्रम हो । उद्घाटन समारोहमा शिव दल गणका मेजर टिकाराम बस्नेतको उपस्थितिमा सम्पन्न भएको थियो ।
































