गृहसचिव अर्याल र आईजीपी कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी

2.93K
shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित बुधबारदेखि सुरु भएको सो सम्मेलनमा उनी सहभागी भएका हुन् ।

सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गृहसचिव एकनारायण अर्याल, आईजीपी कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली यहि असार १० गते न्यूयोर्क प्रस्थान गरेको थियो ।

बुधबारदेखि सुरु भएको सो सम्मेलन बिहीबार सकिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083