सिन्धुलीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन

3.69K
shares

सिन्धुली । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गठन गरेको सञ्जालको आइबार पुनर्गठन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेको संयोजकत्वमा गठन भएको सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिका रुपमा दुर्गा राज पौडेललाई कोषाध्यक्षमा चयन गरिएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि, २०७८ अनुसार गठन गरिएको सञ्जालमा जिप्रकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रतिनिधि पदेन सदस्य सचिव रहने व्यवस्था छ ।

May be an image of 8 people, people studying and text

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि, मानव अधिकार क्षेत्रमा कार्यरत प्रतिनिधि, जिल्ला बारका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षित आवास गृहका प्रतिनिधि, बालबालिका तथा किशोरकिशोरी सञ्जालका प्रतिनिधि, शिक्षा क्षेत्रका प्रतिनिधि, अल्पकालीन सेवा केन्द्रले सञ्चालन गरिरहेका सहकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्थानीय महिला अधिकार, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक र बालअधिकारसम्बन्धी गैरसरकारी संघसंस्था प्रतिनिधि, स्थानीय विद्यालयका प्रतिनिधि, पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका प्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत प्रतिनिधि, जिल्ला बाल क्लवका प्रतिनिधि, सामुदायिक प्रहरी शाखाका प्रतिनिधि र जिल्ला स्तरीय समुदाय प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु कार्यसमितिका सदस्यहरु रहने व्यवस्था छ । सोहीअनुसार जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति पुनर्गठन गरिएको जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका संयोजक तथा प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जिल्लामा लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्धेश्यले गठन गरिएको सञ्जालले आगामी वर्षबाट कार्य योजना बनाएर कार्यक्रहरु अगाडी बढाउने निर्णय गरेको छ । पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरेर जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिलाई पुर्ण बनाउनेसमेत निर्णय भएको उहाँले बताउनुभयो ।

 

लैङ्गिक हिंसाबाट पीडितलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको प्रत्याभूति दिन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायलाई सहयोग गर्न, लैङ्गिक हिंसा नियन्त्रणको निमित्त सचेतना अभिवृद्धि गर्न, प्रभावित एंव पीडितहरुको पारिवारिक र सामाजिक मेलमिलाप गराउन यस समितिले काम गर्ने छ ।