सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सव सम्पन्न

3.78K
shares

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको हाे।


कार्यक्रममा निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई तथा सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083