Roadside Roll Call कार्यक्रम अन्तर्गत ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न
एसएसपी बसन्त रजौरेको प्रमुख आतिथ्यतामा सम्पन्न
काठमाडौ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त रजौरेको प्रमुख आतिथ्यतामा Roadside Roll Call कार्यक्रम अन्तर्गत ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका ४ नम्बर वडा सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसको सभाहलमा प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्द, प्रहरी वृत्त गौशला, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारी, महाराजगंज, गोंगबु, टुँडालदेवी र बुढानिलकण्ठको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने बिभिन्न ब्यक्तिहरु, स्थानिय जनप्रतिनिधिहरु, स्थानिय महिला संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्
१८ असार २०८१, मंगलवार १३:३९ बजे प्रकाशित