Roadside Roll Call कार्यक्रम अन्तर्गत ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार १८ मंगलवार १३:३९
shares

काठमाडौ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त रजौरेको प्रमुख आतिथ्यतामा Roadside Roll Call कार्यक्रम अन्तर्गत ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका ४ नम्बर वडा सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसको सभाहलमा प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्द, प्रहरी वृत्त गौशला, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारी, महाराजगंज, गोंगबु, टुँडालदेवी र बुढानिलकण्ठको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने बिभिन्न ब्यक्तिहरु, स्थानिय जनप्रतिनिधिहरु, स्थानिय महिला संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्























