पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
वि.सं.२०८१ असार १८ मंगलवार १७:५२
3.13K
shares
shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
थापालाई केन्द्रीय कारागार पठाइएको छ । भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।
















