निश्पक्ष ढङ्गबाट आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न एआईजी भिम ढकालद्धारा निर्देशन
वि.सं.२०८१ असार १८ मंगलवार १८:४३
shares

झापा । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी भिम प्रसाद ढकाल र कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरका कार्यालय प्रमुख डिआईजी चन्द्र कुवेर खापुङले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण तथा अनुगमन गर्नु भएको भएको छ। निरीक्षण तथा अनुगमनको क्रममा उपस्थीत सम्पुर्ण निरीक्षण तथा अनुगमन टीमलाई झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मिलन के.सी.ले स्वागत गर्नु भएको हो ।

उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई एआईजी भिम प्रसाद ढकालले वर्तमान शान्त्ति सुरक्षा तथा अपराध अनुसन्धान, सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, प्रशासनिक काम कारवाही तथा सेवा प्रवाह लगायतको बिषयमा महत्वपुर्ण निर्देशन सम्बोधन भएको थियो । ]
त्यसैगरी डिआईजी चन्द्र कुवेर खापुङले एआईजी ढकालले दिनु भएको निर्देशनहरुलाई स्थानिय स्तरबाट कुनै पनि गुनासो प्राप्त नहुने गरि ईमान्दारी पुर्वक पालना गर्न निर्देशन गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत व्यक्त गर्नु भएको थियो ।



































