एआईजी जोशी आजबाट अवकाशमा अन्तत : बढुवा के होला ?

3.45K
shares

काठमाडौं । सेवानिवृत्त भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ।

हिजो मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त जोशीलाई बिदाइ गरेका थिए।

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते  आजबाट अवकाशप्राप्त बनेका हुन्।

यस्तै उनको अवकाशमा पदपूर्तिका लागि बढुवा सिफारिस भएका डीआइजीको भने बढुवा अन्यौलमा परेको छ। केन्द्रिय सत्ता समीकरण फेरबदल भएर प्रधानमन्त्री र गृहमन्त्री फेरिने चर्चासँगै एक साताअघिको बढुवा सिफारिस समेत कार्यान्वायन हुने–नहुनेमा आशंका व्यक्त गरिएको हो।

गत १० असारमा डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो। १ दिनका लागि भएपनि उनको बढुवा गर्नेगरी सिफारिस गरिएकोमा उमेरहदका आधारमा पोखरेल पनि २१ असारमा अवकाश पाउँदैछन्।

त्यसकारण आज नै उनको बढुवाको निर्णय भइसक्नुपर्ने हुन्छ। २० असारको बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083