प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

3.06K
shares

काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हाम्ीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।’

यद्यपि, विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए । ‘जेजस्तो परिस्थितिमा हामी राजीनामा दिने मनस्थितिमै हो । तर, हिजोको सत्ता साझेदारमात्रै होइनौं, हाम्रा कतिपय मुद्दामा एकै ठाउँमा थियौं’, उनले भने, ‘फेरि सम्माननीय प्रधानमन्त्रीज्युले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बरु ढिला नगरौं, यसमा धेरै अल्मलिनु हुँदैन ।’

प्रधानमन्त्री स्पष्टताका साथ अगाडि बढे आफूहरुले साथ दिने सुनाउँदै परियारले भने, ‘विशवासको मत लिइरहँदा उहाँले कसरी लिनुहुन्छ, त्यो अर्को परिस्थितिको कुरा हो ।’

राजीनामा बुझाउन बालुवाटार पुगेका रास्वपाका टोली प्रधानमन्त्रीसँगको छलफलपछि फिर्ता भएको थियो । छलफलमा प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र त्यतिबेलासम्म साथ दिन भनेपछि राजीनामा नबुझाएको परियारले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083