काठमाडौं-तराई/मधेस द्रुतमार्गको काठमाडौंतर्फ आउने लेनडाँडा सुरुङमार्ग छिचोलियो

3.19K
shares

काठमाडौं । काठमाडौं -तराईरमधेस द्रुतमार्गको काठमाडौंतर्फ आउने लेनडाँडा सुरूङमार्ग छिचोलिएको छ।

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङमार्गको जोडी सुरूङमध्ये १६१२ मिटर लम्बाइको सुरूङमार्ग छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत जेठ ४ गते लेनडाँडा सुरूङमार्गको काठमाडौंबाट निजगढतर्फ जाने १६३३ मिटर लम्बाइको सुरूङमार्ग छिचोलिएको थियो। बिहीबार प्रधान सेनापति प्रभुराम शर्माको भर्चुअल उपस्थितिमा उक्त अर्को सुरूङ पनि छिचोलिएको हो।

प्रधान सेनापति शर्माले तोकिएको समयमै सुरूङमार्गहरू छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरेका थिए।

fast-track-lendanda-(2)-1720089914.jpg

यस अघि सेनाले निर्माण गरिरहेको उक्त फास्ट ट्र्याकको जेठ ११ गते धेद्रे सुरूङमार्गको जोडी सुरूङमध्ये १६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरूङमार्ग पनि छिचोलिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083