‘सामाजिक सञ्जालको दुरुपयोग बिरुद्ध सचेतनामुलक’ कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार २२ शनिवार १५:३३
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी ) भिम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा, प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त रजौरे, नेपाल प्रहरी साइबर व्युरो भोटाहिटीका प्रहरी उपरिक्षक दिपक राज अवस्थी, नेपाल प्रहरी केन्द्रीय श्रीमती संघकी उपाध्यक्ष बिन्दु अधिकारी ढकालको विशिष्ट आतिथ्यतामा सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत प्रहरी वृत नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, कोटेश्वर समाज सुधार युवा कल्व र कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थाप्न समाजको संयुक्त आयोजनामा काठमाडौ महानगरपालिका वडा ३२ महादेवस्थान स्थित लोटस पार्टी प्यालेसमा उक्त कार्यक्रम भएको हो ।

काठमाडौ महानगरपालिका वडा ३२ भित्रका विभिन्न टोल सुधार समिति, युवा क्लव, स्थानिय भद्र भलादमी, शिक्षकहरू तथा विधार्थीहरू र महिला समुहको सहभागितामा सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको सभापतित्वमा रहेको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाललाई बधाई ज्ञापन कार्यक्रम समेत गरिएको थियो।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सामुदायिक शाखा प्रमुख प्रहरी नायब उपरिक्ष रविराज थपलिया, प्रहरी वृत नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीको विशेष उपस्थितीमा, साथै प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राई, प्रहरी प्रभाग काडाँघारीका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार कट्वाल , ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी, श्री गान्धी मा.वि.का अध्यक्ष गया प्रसाद ढकाल वडा भित्र रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू टोल सुधार समिति र युवा कल्वहरूका अध्यक्ष तथा प्रतिनिधीहरूको उपस्थीति रहेको थियो ।


































